कास्की कांग्रेसका असल नेता एवम् पूर्वसांसद गुरुङकाे निधन

पोखरा । नेपाली कांग्रेस कास्कीका नेता एवम् पूर्व सांसद मेजर दीपकबहादुर गुरुङको निधन भएको छ ।

काठमाडौंमा उपचारका क्रममा गुरुङको ८६ वर्षको उमेरमा निधन भएको हो ।

मृगौला र मधुमेहको समस्याबाट पीडित पूर्वसांसद गुरुङको शुक्रबार बिहान साढ २ बजे निधन भएको पारिवारजनले बताएका छन् ।

गुरुङ कास्कीको राष्ट्रिय माविबाट २०१० सालमा एसएलसी पास गर्ने पहिलो विद्यार्थी पनि हुन् ।

विद्यार्थीकालदेखि नै गुरुङले नेपाली कांग्रेसमा संलग्न रहेर कार्यहरू गर्दै आएका थिए ।

केही समय उनले जिल्लाकै एक विद्यालयमा अध्ययापन पेशामा पनि संलग्न रहेका थिए ।

गुरुङ ब्रिटिस गोर्खा सैनिक सेवामा मेजर पदसम्म पुगेर सेवा निवृत्त भएपछि स्वदेश फर्किएर पुनः कांग्रेसको राजनीति शुरु गरेका थिए ।

गुरुङले भूतपूर्व सैनिक संघको केन्द्रीय नेतृत्व समेत लिन सफल भएका थिए ।

तत्कालीन संसदीय व्यवस्थामा राष्ट्रिय सभा सदस्य समेत बनेका गुरुङ पहिलो संविधान सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ को उपनिर्वाचनमा झिनो मतले पराजित भएका थिए ।

कांग्रेस नेता स्व.गुरुङका श्रीमती, चार छोरी र दुई छोरा रहेका छन् ।

Published : Friday, 2020 July 17, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया