कोरोना महामारी र विपतको मिलेर सामना गरौँः कालिकोट कांग्रेसका सभापति बम
काठमाडौं । नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले विपतको बेला जिल्लामा सबै मिलेर विपत्तीको सामना गर्नुपर्ने बताएका छन् ।
शुक्रबार रिपब्लिका दैनिकसँग टेलिफोनमा कुरा गर्दै सभापति बमले कालिकोट जिल्ला भौगोलिक रुपमा विकट रहेका बेला वर्षाका कारण बाढीपहिरोले दुःख दिन सक्ने बताए ।
उनले विपतको बेला समस्यामा परेका जनतालाई उद्धार र सहायताका लागि अपील पनि गरेका छन् ।
जिल्लास्थिात पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सभापति बमले सर्तक रहन निर्देशन समेत दिएका छन् ।
हाल कालिकोटमा रहेका सभापति बमले कोरोना भाइरसको संक्रमणबाट पनि सुरक्षित रहन सबैलाई अपील गरेका छन् ।
स्थानीय प्रशासन, सुरक्षाकर्मी, स्थानीय निकाय र जनप्रतिनिधिहरूले कोरोना रोकथाम र नियन्त्रणमा देखाएको सक्रियताको सभापति बमले प्रशंसा गरेका छन् ।
उनले कोरोना महामारीका बेला कालिकोटका जनताको स्वास्थ्यका लागि नेपाली कांग्रेस सधैँ तत्पर रहेको बताएका छन् ।
उनले काेराेना महामारीका बेला आफूले कालिकोट र काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका कालिकोटका जनतालाई सक्दाे सहयोग गरेको समेत उल्लेख गरेका छन् । आवश्यक पर्दा जहिले पनि आफू सहयोगका लागि तयार रहेको सभापति बमले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया