राष्ट्र बैंकले काम गर्न सकेनः कांग्रेस नेता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएर पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

ललितपुरको सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा.महतले राष्ट्र बैंक स्वायत्त संस्था हुँदाहुँदै पनि अर्थमन्त्रीको प्रभावमा परेर काम गर्न नसकेको बताए ।

उनले राष्ट्र बैंक अर्थ मन्त्रालयको शाखा जस्तै भएर बसेको बताए । बैंकिङ क्षेत्रको नियामक निकायको रुपमा रहेको स्यायत्त संस्था राष्ट्र बैंक अर्थ मन्त्रालयको शाखा जस्तो हुनु दुःखको कुरा भएको उनले बताए ।

डा.महतले विकसित ठूला देशहरूमा पनि केन्द्रीय बैंक र सरकारबीच दूरी रहेको भन्दै नेपालमा कुनै ठाउँमा नियुक्ति गर्न पनि अर्थ मन्त्रालयको स्वीकृति नलिई केन्द्रीय बैंकले काम गर्न नसक्ने बताए ।

केन्द्रीय बैंकले अनावश्यक नियम बनाएर वाणिज्य बैंकहरूको व्यवस्थापनमै हस्तक्षेप गर्ने गरेको डा.महतले बताए । सो कार्य गर्न नहुने उनको भनाइ छ ।

Published : Thursday, 2020 July 16, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया