स्व.गिरिजाप्रसाद कोइरालाको सम्झनामा वीरगञ्जमा रचनात्मक कार्यक्रम

वीरगञ्ज । गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले स्व.गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीका अवसरमा वृक्षारोपण गरेको छ ।

शुक्रबार फाउण्डेशनले विभिन्न प्रजातीका २४३ थान बिरुवाहरू रापिएको हो ।

फाउण्डेशनले आप, लिची, कटहर, नीम लगायतका प्रजातीहरूको विरुवा रोपण गरेको छ ।

फाउण्डेशनले स्व.कोइरालाको जन्मोत्सवको अवसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गरेको छ ।

फाउण्डेशनले शुक्रबार दोस्रो दिन वीरगञ्जको पानीटंकी तथा ठाकुर रामबहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

यसअघि फाउण्डेशनले बिहीबार मानव सेवा आश्रममा दिवा खाना तथा राहत स्वरुप चामल दुई बोरा, मिठाई, आप १ क्यारेट आश्रममा प्रदान गरेको छ ।

जीपी फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले स्व.कोइरालाको राजनीतिक चेतना अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

Published : Friday, 2020 July 3, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया