सोमबार एकैपटक ३७० जनाले कोरोना जिते
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ३ सय ७० जना व्यक्ति निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३२ महिला र ३३८ पुरुष गरी जम्मा ३७० जना निको भएर घर फर्किएको जानकारी दिए ।
प्रा.डा.गौतमले कोरोना अस्पताल दाङबाट एक महिला र पाँच पुरुषसहित छ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए । प्रदेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुषसहित गरी छ जना डिस्चार्ज भएका छन् ।
कालीकोट अस्पतालबाट दुई महिला र २६ पुरुष गरी २८ जना निको भएका छन् । दैलेख अस्पतालबाट १९ जना महिला र २४६ पुरुष गरी २६५ व्यक्ति निको भएका छन् ।
सल्यान अस्पतालबाट एक महिला र ३६ पुरुष गरी ३७ जना निको भएका छन् । नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र ९ पुरुष गरी ११ जना निको भएका छन् । धादिङ अस्पतालबाट ४ महिला र १३ पुरुष गरी १७ जना निको भएका छन् ।
योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेमा १६१ महिला र १९६१ परुष गरी जम्मा २ हजार १ सय ४२ व्यक्तिहरू निको भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया