भारतीय महिलालाई राजनीतिक अधिकारसहित नागरिकता दिनुपर्छः कांग्रेस उपसभापति निधि
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विवाह गरेर आउने विदेशी महिलाको राजनीति अधिकार खोस्न नपाइने बताएका छन् ।
निधिले सोमबार बिहान ट्वीट गर्दै वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न नपाइने बताएका हुन् ।
बिहे गरेर नेपाल आयोन भारतीय महिलालाई तत्काल अंगीकृत नागरिकता दिनुपर्ने घुमाउरो भाषामा माग गरेका छन् । उनले भारतीय महिलाहरूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्नै नहुने आफ्नो ट्वीटमा आशय व्यक्त गरेका हुन् ।
‘वर्षौंदेखि कानून सम्मत ढंगले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानून सामाजिक, साँस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्थाको विपरीत नै हो’, निधिले भनेका छन् ।
‘नेकपा सरकारको यो कदम प्रतिगामी हो’, उनले भने, ‘अन्तर्ध्वंसी हो, राष्ट्रियहत विपरीत हो । यो स्वीकार्य योग्य छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया