सांसद चन्दा चौधरीले भारतबाट बिहे गरेर आउनेलाई तत्काल नागरिकता दिनुपर्छ भनेपछि हँगामा
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की सांसद चन्दा चौधरीले भारतबाट विवाह गरेर आउने महिलालाई तत्कालै नागरिकताको माग गरेकी छिन् ।
बिहीबार बसेको संसदको बैठकमा विशेष समयमा बोल्दै राजपाकी सांसद चौधरीले भारतबाट विवाह गरेर आउने महिलाहरूलाई तत्काल वैवाहिक अंगिकृत नागरिकता दिन माग गरिन् । उनले ०६३ सालको संविधानमा भएको व्यवस्थाअनुसार नै भारतबाट विवाह गरेर नेपाल आउने महिलालाई वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने बताइन् ।
‘नेपालको संविधानमा धारा ११ को ६ मा दिएको रहेछ कि विदेशी महिलाले नेपाली नगारिकसँग विवाह गरेपछि उनले चाहेको बेला नागरिकता लिन सक्नेछ’, उनले भनिन्, ‘अहिले संघीय कानून बन्न गइरहेको छ । ५–६ जना सांसदले ७ वर्ष तोकेर नागरिकता दिन मिल्ने व्यवस्था प्रस्ताव गरिएको छ ।’
‘अब कुनै पनि विदेशी महिला यहाँ विवाह गरेर आउँदा आफ्नै देशमा ७ वर्षसम्म नागरिकताबाट बञ्चित हुने कत्तिको न्यायचित हो ? यो अन्तर्राष्ट्रिय कानूनबाट पनि मिल्दैन’, उनले भनिन्, ‘०६३ को संविधानको व्यवस्था अनुसार वैवाहिकत अंगिकृत नागरिकता लागू होस् । अहिलेकै कानूनलाई निरन्तरता दिनुपर्छ ।’
राजपाकी सांसद चौधरीले नागरिकताको कुरा उठाइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपट रावलले आपत्ति जनाउँदै संसदीय समितिमा विचाराधीन विषयमा संसदमा कुरा राख्न नहुने बताएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया