नेपाल प्रहरीका ३२ जनामा कोरोना भेटियो
काठमाडौं । नेपाल प्रहरीका ३२ जना अधिकृत र जवानहरूलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
कोरोना नियन्त्रणका लागि अग्रपंत्तिमा खटदै आएका प्रहरी अधिकृत तथा जवानहरूमा कोरोना संक्रमण भेटिएको हो ।
शनिबार थप दुई जना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमित प्रहरीको संख्या ३२ पुगेको छ ।
त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना रहेको प्रहरीले जनाएको छ ।
संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिएका छन् ।
प्रदेश–२ मा प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेको प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया