भारतमा पक्राउ परेका ३८ नेपाली जमातीको रिहाइका लागि अध्यक्ष अन्सारीद्वारा पहल
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतमा पक्राउ परेका नेपाली मुस्लिम जमातीहरूलाई रिहाइका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।
आयोगका अध्यक्ष अन्सारीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सम्वाद गरी ३८ जना जमातीहरूलाई रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।
आयोगको तर्फबाट औपचारिक रुपमा परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर रिहाइका लागि भारतसँग पहल गर्न समेत भनिएको छ । आयोगले पक्राउ परेका नेपाली जमातीहरूको नाम समेत परराष्ट्र मन्त्रालयमा बुझाएको छ ।
नेपाली मुस्लिम जमातीहरू भारतको उत्तर प्रदेशको जिल्ला बागपत खेकडा प्रहरी चौकीमा १७ जना जमातीहरू पक्राउ परेको आयोगले जनाएको छ ।
११ जना जमातीहरू बागपत जिलाको कोतवाली प्रहरी चौकीमा लकडाउन उल्लंघन गरेको अभियोगमा थुनामा रहेका छन् ।
थुनामा परेका जमातीका आफन्तहरूले रिहाइको लागि पहिल गरिदिन भनेर आयोगमा निवेदन दिएपछि अध्यक्ष अन्सारीले रिहाइका लागि पहल गरेका हुन् ।
त्यसै गरी आयोगले पर्सा, बारा र रौतहटका २२ जना नेपाली नागरिक भारतको दिल्लीस्थित नेराला अपार्टमेन्टमा लकडाउनका कारण समस्यामा परेको भन्दै उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया