देउवासँग प्रचण्डको ‘वान टू वान’ वार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच वार्ता भएको हो । वार्तामा निर्वाचन र त्यसपछिको अवस्थाका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
एमालेका अध्यक्ष केपी ओलीसँग शुक्रबार परामर्श गरेका दाहालले शनिबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवासँग छलफल गरेका हुन् ।
छलफलमा नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र समसामयिक राजनीति लगायतका विषामा कुराकानी भएको स्रोतले जनाएको छ । देउवा र दाहालको वार्तामा अन्य कुनै पनि नेताहरू सहभागी थिएनन् ।
Published : Saturday, 2017 December 16, 10:21 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत