बर्दियामा ट्याक्टर दुर्घटना, १३ जना घाइते
बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका– १० मा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
भुरीगाउँबाट बानियाँभारतर्फ जाँदै गरेको भे १ त ३५५० नम्बरको ट्याक्टर सोमबार साँझ साढे ६ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई मेडिकल कलेज कोहलपुर बाँके ल्याइएको छ ।
घाइतेमध्ये बारबर्दिया नगरपालिका– १ का ६५ वर्षीय हरिराम थारु, ४१ वर्षीय होलु राम थारु, २१ वर्षीय गुरु थारु, २५ वर्षीया पार्वती थारु, २० वर्षीय चित्रबहादुर थारु र ३२ वर्षीय मंगी चौधरीको अवस्था गम्भीर रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
Published : Tuesday, 2017 December 5, 8:43 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत