पौडेलद्वारा पोखरेल–महराको झुठको पर्दाफास, ट्वाँ परे दङ्गालीहरू
बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानी बुटवलमा हुने बताएका छन् ।
तिलोत्तमामा बुधबार आयोजित कार्यक्रममा नेता पौडेलले बुटवलबाट प्रदेश ५ का राजधानी नसर्ने बताएका हुन् ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पूर्वसभामुख कृष्णबहादुर महराले प्रदेश राजधानी दाङमा लैजाने भनेर दङ्गाली जनतालाई आश्वासन दिइरहेका बेला महासचिव पौडेलले पोखरेल र महरालाई झट्का दिएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला पनि पोखरेल र महराले प्रदेश ५ को राजधानी दाङ ल्याउने भनेर मतदातासँग आफूहरूलाई विजयी बनाउन आग्रह गरेका थिए ।
‘प्रदेश ५ को राजधानी हल्काफुल्का ढंगले राखिएको होइन’, पौडेलले भने, ‘बुटवलमा रहेको प्रदेशको राजधानी अब स्थायी नै हो भनेर बुझ्दा पनि हुन्छ ।’
प्रदेशको नामाकरणको विषयमा प्रदेश सभाले गठन गरेको आयोगले छिट्टै टुङ्गो लगाउने उनले बताए ।
‘प्रदेशको नामाकरणमा समेत कुनै विवाद सिर्जना हुँदैन’, उनले भनेका छन् ।
प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी र प्रदेशको नाम तोक्न सकेका छैनन् । सत्ता सम्हालेको दुई वर्षभन्दा धेरै भइसक्दा समेत पोखरेलले आलटाल गर्दै आएका छन् । प्रदेश ५ मा नेकपाको बहुमत छ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा चासो र चिन्ताको विषयममा रहेको सिद्धबाबामा केही हप्ता दिनमा सुरुङमार्ग निर्माणका लागि टेन्डर प्रक्रिया शुरु हुने नेकपाका महासचिव पौडेलले बताएका छन् ।
बुधबार नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको चुनावी प्रतिबद्धता खुल्ला समीक्षामा उनले १ दशमलव ३ किलोमिटरको सुरुङ मार्ग सहित ३ दशमलव ३ किलोमिटरको बाटो निर्माणका लागि डिपिआर तयार भएको जानकारी गराएका छन् ।
यस क्षेत्रका जनताको चासो रहेको कालीगण्डकी तिनाउ डाइभसर्नको डीपीआर यसै आर्थिक वर्षको अन्त्य सम्ममा तयार भइसक्ने पौडेलले बताए ।
पौडेलले सबैलाई विश्वासमा लिएर काम गर्ने बताउँदै कसैले पनि अवरोध नगर्ने बताएका छन् ।
प्रतिनिधि सभाको २ वर्ष अगाडि भएको निर्वाचनमा गरेका प्रतिवद्धताहरूलाई सम्झँदै उनले रुपन्देहीलाई भौतिक पूर्वाधारको विकासमा देशकै नमूना जिल्ला बनाउने प्रतिबद्धतालाई दोहोर्याएका छन् ।
अर्को फरक प्रसङ्गमा नेता पौडेलले नेपाल सरकार तथा चीनसँगको सम्बन्धलाई सम्मानजनक र सुमधुर बनाउन प्रतिबद्ध भएको उल्लेख गर्दै उनले सीमा विवादलाई समाधान गर्न सरकार सफल हुने उल्लेख गरेका छन् ।
कालापानी, लिपुलेक तथा लिम्पियाधुरा नेपालकै भएको कुरा इतिहासले साबित गरेको तथा १९५० को सन्धिले समेत उल्लेख गरेको बताउँदै उनले अतिक्रमित जग्गा नेपालकै हो भन्ने कुरा स्थापित गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया