महराको दशैँ सिंहदरबारको ‘भीआईपी’ हिरासतमा

काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी अभियोगमा पक्राउ परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का निलम्बित सांसद कृष्णबहादुर महरालाई सिंहदरबार, बैद्यखानास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।

सिंहदरबार वृत्तलाई भीभीआई र भीआईपीलाई हिरासतमा राखिदै आइएको छ । यो वृत्त सुविधा सम्पन्न र सुरक्षित रहेको छ । सिंहदरबार प्रहरी वृत्तमा राखेर महराको बयान लिइनेछ ।

आइतबार साँझ पक्राउ परेका महरालाई रातो कारमा राखेर प्रहरीको हिरासतमा ल्याइएको थियो । महरा प्रहरीको गाडीमा चढ्न नमानेपछि महराकै निजी कारणमा राखेर प्रहरीले सिंहदरबार ल्याएका थिए ।

Published : Monday, 2019 October 7, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया