काठमाडौंका मेयर शाक्यलाई डेंगी लाग्यो
काठमाडौं । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगी भएको पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शाक्यको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनलाई डेंगीको संक्रमण भएको पुष्टि भएको हो ।
ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगीको संक्रमण भएको थियो ।
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा डेंगीको संक्रमण फैलिएको छ । डेंगीका कारण यो वर्ष सात जनाको ज्यान गएको छ भने सयौँ प्रभावित छन् ।
एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगी लाग्छ । यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ ।
लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।
Published : Friday, 2019 October 4, 12:55 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया