अजयबाबु सिवाकोटीको सुरक्षाप्रति चिन्तित छौँः पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेलले नेपाल प्रेस युनियनका महासचिव एवम् पत्रकार अजयबाबु सिवाकोटीलाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पोखरेलले भनेका छन्, ‘समाचारमा चित्त नबुझेमा अपनाउनु पर्ने बाटो नअपनाई पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा चुनौती दिने तत्वको निन्दा गर्दछु ।’
‘उहाँको सुरक्षाको सवालमा पत्रकार महासंघ गम्भीर चासो प्रकट गर्दछ’, उनले भनेका छन्, ‘राज्य र उस्का सबै संरचनाहरुलाई उहाँको सुरक्षामा जिम्मेवार बन्न पनि आग्रह गर्दछु ।’
कृष्णबहादुर महराको महिला काण्डबारे समाचार प्रकाशित गरेपछि नेकपाका नेता तथा कार्यकर्ताले सिवाकोटीलाई धम्की दिइरहेका बेला पोखरेलले सिवाकोटीको सुरक्षाप्रति चिन्ता जनाएका हुन् ।
उपाध्यक्ष पोखरेलले रेडियो नेपालका पत्रकार मुकुन्द भण्डारीलाई ज्यान दिइएको धम्कीप्रति पनि आपत्ति जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया