तरुण दलका अध्यक्षको उर्जावान निर्देशन, देशैभरि सक्रिय हुन अपील
काठमाडौं । नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसको दोस्रो जागरण अभियानको सामापन कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गर्न आफ्ना देशभरिका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार साँझ अपील गर्दै कांग्रेसको जागरण अभियानलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
पछिल्लो समय नेपाली जनताको सुःखदुःखमा साथ दिँदै अगाडि बढिरहेको नेपाल तरुण दलले सरकारको अनैतिक कामको विरोध गर्दै सरकारलाई खबरदारी गर्ने काम समेत गरेको छ ।
अध्यक्ष बस्नेतले प्रेस नोट जारी गरेर तरुणहरूलाई पार्टीको कार्यक्रममा हातेमालो गर्दै अगाढी बढेकोमा धन्यवाद दिएका छन् ।
उनले सोमबार हुन गइरहेको नेपाली कांग्रेस जिल्ला समितिहरूको विरोध कार्यक्रममा सहभागी हुन आव्हान समेत गरेका छन् ।
‘नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस दोश्रो जन जागरण अभियानलाई ७७ वटै जिल्ला, नगर, क्षेत्र, गाउँ र वडा–वडामा उल्लासमय तबरले सफलता पूर्वक सम्पन्न गर्न आहोरात्र खटिनु भएका उर्जाबान जुझारु तरुण साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति र मेरो व्यक्तिगत तर्फबाट विशेष धन्यवाद दिन चाहान्छु’, बस्नेतले भनेका छन् ।
उनले भनेका छन्, ‘सोमबार हुन गइरहेको नेपाली कांग्रेस जिल्ला समितिहरूको भ्रष्टाचार, महँगी र अधिनायकवादविरुद्धको बिरोध कार्यक्रममा सशक्त रुपमा प्रस्तुत भै लुटेरा र भ्रष्ट सरकारलाई खबरदारी गर्ने तरुण दायित्व पूर्ण रुपले निर्वाह गर्नुहोला ।’
अध्यक्ष बस्नेतले सबै तरुणहरूलाई एकजुट भई पार्टीको कार्यक्रम सफल बनाउन निर्देशन समेत दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया