रामचन्द्र पौडेलले खोले कम्युनिस्ट सरकारका भीभीआईपीहरूको गोप्य कुरा
प्यूठान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको दम्भ बोकेको वर्तमान कम्युनिस्ट सरकारको छाँयामा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरू परेको बताएका छन् ।
हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमलाई प्यूठानमा सोमबार सम्बोधन गर्दै पौडेलले सरकारले अख्तियार, अदालतलगायतका संवैधानिक निकायलाई दुईतिहाइ देखाएर तर्साएकाले मुलुकमा भएका ठूला आर्थिक घोटालाहरूको निष्पक्ष छानविन हुन नसकेको बताए ।
‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानविपरीत हो’, उनले भने, ‘अख्तियार, अदालतलाई तर्साउन खोजिँदैछ । जनताले दिएको दुईतिहाइको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरिएको छ ।’
पौडेलले ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाए ।
उनले विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन शुरू गरेबाट आर्थिक अनियमितता भएको पुष्टि हुने पनि बताएका छन् ।
‘ठूलाठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ’, उनले भने, ‘विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूलाठूला आयोजना ठूलाठूला मान्छे मिलेर मात्र भएका छन् ।’
नेता पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ’, उनले भने, ‘हिजो सरकारमा पुग्नेवित्तिकै कांग्रेसले गाउँबाट विकास सुरु ग¥यो । बाटो, बिजुली, पानी शिक्षा र स्वास्थ्य गाउँगाउँमा हामीले पु¥याएको हो ।’
‘हामीले गाउँगाउँमा विकासको सुरुवात गर्न थालेसँगै गाउँगाउँमा मान्छे काट्न थालियो’, उनले भने, ‘मान्छे काट्नेहरू सबै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ ? बाहिर एउटा कुरा गर्ने अनि काम अर्कै गर्ने नेताहरूदेखि अब सचेत हुन जरुरी छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया