डा.कोइराला र खाँणको कुराले कांग्रेसभित्र हलचल, सबैभन्दा धेरै खुसी कार्यकर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई विरोध नगर्न नेता–कार्यकर्ताहरूलाई अपील गरेका छन् ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले नेता–कार्यकर्ताहरूसँग सभापति देउवाको विरोध नगर्न आग्रह गरेका हुन् ।
‘सभापतिलाई गाली गरेर होइन, उहाँलाई हाम्रो सहयोग हुनुपर्छ’, उनले भने, ‘मैले कतै पनि सभापतिका बारेमा कुनै टिका–टिप्पणी गरेको छैन, गर्नु पनि हुँदैन ।’
पार्टी सभापतिको विरोध गरेर नेपाली कांग्रेस बलियो हुन नसक्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति देउवाविरुद्ध गाली गर्दै हिँड्ने नेताहरूका कारण कांग्रेस पार्टीले ठूलो घाटा ब्यहोर्नु परेको बताए ।
‘केन्द्रीय समिति बैठकमा बोल्दै नबोल्ने ? बाहिर गाली गर्दै हिँड्ने ?’, उनले आक्रोशित हुँदै भने, ‘यसले नेपाली कांग्रेसलाई ठूलो घाटा भएको छ । पार्टीमा अनुशासनको पालना हुनुपर्दछ ।’
आफू बलियो हुने नाममा सभापतिलाई कमजोर बनाउने चलखेल पार्टी हित विपरित रहेको प्रमुख सचेतक खाँणको भनाइ थियो ।
गुट उपगुटका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नपाइने उनले बताए । पार्टी असफल भए लोकतन्त्र पनि असफल हुने खाँणले बताएका छन् ।
लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकढिक्का पारेर मजबुत बनाउनुपर्नेमा नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया