लोकतान्त्रिक समूहलाई विजयी बनाउन कमलदेव मल्लको अपील

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिएका कमलदेव मल्लले वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले ठूलो रकम धरौटी लिएर अन्याय गरेको बताएका छन् ।

आफ्नो उम्मेदवारीका विषयमा सोमबार रिपब्लिका दैनिकसँग कुरा गर्दै मल्लले व्यवसायीहरूलाई सरकारले गरेको दुई करोड धरौटीको अन्यायविरुद्ध आफूले आवाज उठाउने बताए ।

उनले संघमा रहेको अहिलेको नेतृत्वले व्यवसायीहरूको पक्षमा कुनै काम गर्न नसकेपछि आफूहरू विष्णु गैरेको नेतृत्वमा मैदानमा उत्रिएको बताए ।

उपाध्यक्षका प्रत्याशी मल्लले व्यवसायीहरूको हकहितका साथै वैदेशिक रोजगारीमा जाने कामदारहरूको पक्षमा पनि विशेष कार्यक्रम चलाउने बताए ।

उनले विष्णु गैरे नेतृत्वको १७ जनाको समूहलाई मतदान गरी विजयी बनाउन अपील गरेका छन् । मल्ल वैदेशिक रोजगार व्यवसायमा वरिष्ठ व्यवसायीका रुपमा परिचित छन् ।

वैदेशिक रोजगार व्यवसायीहरूको निर्वाचन मंगलबार असोज ७ गते काठमाडौंमा हुँदै छ ।

Published : Monday, 2019 September 23, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया