अमेरिकामा कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन प्रक्रिया शुरू
अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशन प्रक्रिया शुरू भएको छ ।
आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी मातृ पार्टी नेपाली कांग्रेसले दिएको निर्देशनको स्वागत गर्दै अधिवेशन प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो ।
समितिका सबै च्याप्टरहरूको अधिवेशन आगामी डिसेम्वर महिनाभित्र सम्पन्न गरिसक्ने आइतबारको बैठकले निर्णय गरेको प्रचार विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गौतम दाहालले जानकारी दिएका छन् ।
नयाँ च्याप्टर गठन गर्नका लागि निश्चित मापदण्ड अनुसार अक्टुबर महिनाभित्र आवेदन दिएमा त्यस्ता च्याप्टरहरूलाई पनि अनुमोदन गर्दै जाने निर्णय समेत बैठकले गरेको छ ।
च्याप्टरहरूको नयाँ अधिवेशनका लागि यसै साता केन्द्रीय समिति र च्याप्टर समितिसहित केन्द्रीय सल्लाहकारहरूको संयुक्त बैठक आव्हान गर्ने र सोही बैठकको छलफल पश्चात भावी तयारी गरिनेछ ।
तसर्थ सबै कांग्रेसजनलाई समितिको यो अधिवेशन प्रकृयामा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया