प्याजले दुईतिहाइको कम्युनिस्ट सरकारलाई तनाब

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले बजार नियन्त्रण गर्न नसक्दा प्याजको मूल्य प्रतिकिलो १ सय ३० रुपियाँ पुगेको छ ।

प्याजको खुद्रा मूल्य प्रतिकिलो १ सय ३० रुपियाँले बिक्री भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

कम्युनिस्ट सरकारले महँगी नियन्त्रण गर्ने बताइरहँदा प्याजको मूल्य एक महिनाभित्र चार गुणाले वृद्धि भएको छ ।

यसअघि प्याज ३५ देखि ४० रुपियाँ प्रतिकिलोमा बिक्री हुँदै आएको थियो । उपभोक्ताको भान्छामा दैनिक प्रयोग हुने प्याजको मूल्य वृद्धिले घरघरको बजेटमा समेत असर पर्न थालेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले जारी गरेको मूल्य सूची अनुसार प्याजको खुद्रा मूल्य १३० रुपियाँ पुगेको छ ।

प्याजको मूल्य बढ्नुमा देशभित्र उत्पादन कम हुनु र भारतबाट आयात हुने प्याजमा भन्सारमा कडाई हुनु कारण बनेको छ ।

प्याजका व्यापारीहरूले आयातका लागि अग्रिम रकम जम्मा गर्नुपर्ने अवस्था रहेको छ ।

व्यापारीहरूले ५० देखि एक करोडसम्म जम्मा गर्नुपर्ने अवस्थाका कारण पनि मूल्यमा असर परेको जनाइएको छ ।

Published : Saturday, 2019 September 21, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया