रापती समाजले असोज ७ गते राष्ट्रिय म्युजिक अवार्ड गर्दै
काठमाडौं । रापती समाजले असोज ७ गते काठमाडौंमा ‘सातौँ राष्ट्रिय म्युजिक अवार्ड २०७५’ गर्दै छ ।
समाजको कार्यक्रम काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार दिउँसो १ बजेबाट कार्यक्रम शुरू हुनेछ । कार्यक्रममा ख्यातीप्राप्त राप्तीका कलाकार तथा व्यक्तित्वका साथै सर्वसाधारणहरूको सहभागिता रहनेछ ।
कार्यक्रम संयोजक गोविन्दमधुर आचार्यका अनुसार कार्यक्रममा गीत, संगीत र कला क्षेत्रमा पुरस्कारहरू वितरण गरिनेछ ।
कार्यक्रमको सम्पूर्ण तयार पूरा भएको आचार्यले बताए । ‘असोज ७ गते भव्य रुपमा कार्यक्रम हुँदै छ’, उनले भने, ‘राप्तीबाट काठमाडौं उपत्यकामा आइ विभिन्न पेशा व्यवसाय गर्नु हुने सबैलाई आउन आग्रह गरिएको छ ।’
रापती समाजले प्रत्येक वर्ष गीत, संगीत र फिल्म क्षेत्रमा झण्डै वीसभन्दा धेरै विद्यामा पुरस्कार वितरण गर्दै आएको छ ।
यस पटक पटक विभिन्न विद्याहरूमा पुरस्कार वितरण गरिने समाजका अध्यक्ष प्रवीणकुमार रेग्मीले जानकारी दिए ।
‘मनोनयन विद्यामा परेकाहरूबाट एकजनालाई उत्कृष्ट छानिनेछ’, उनले भने, ‘निर्णायक समितिले आफ्नो काम गरेको छ । असोज ७ गते कार्यक्रममा विजेताका नाम घोषणा गरेर पुरस्कार दिने छौँ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया