सरकारका ‘धुन्दुकारी’ मन्त्रीहरूकाे खतिवडाले नाकब उतारिदिए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधानअनुसार मन्त्री बनेर सुविधा लिने मन्त्री र सांसदहरूको आलोचना गरेका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा आएको संघीय लोकतान्त्रिक संविधान जारी भएको चौथो वर्षको अवसरमा शुक्रबार ट्वीटमार्फत शुभकामना दिँदै खतिवडाले संविधानअनुसार लाभको पदमा बसेर संविधानको विरोध गरेकोमा आपत्ति जनाए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको हर्कतको आलोचना गरेका हुन् ।

खतिवाडले उपेन्द्र यादवलाई व्याङ्ग्य गर्दै अमेरिकामा पुगेर संविधान दिवस मनाएकोमा बधाइ दिएका छन् ।

‘उपेन्द्र यादव जी संविधान दिवस मनाउन अमेरिका पुग्नु भएकोमा बधाई’, खतिवडाले ट्वीट गर्दै भनेका छन्, ‘उपप्रधानमन्त्री मन्त्री नभएको भए जानु हुन्न थियोे होला ? जे होस यही संविधानको सपथ खाएर माननीय मन्त्री बन्ने र तलब, भत्ता बुझेर विदेश कुद्ने, अनि संविधानको बिरोध सुहाउँदो कुरा होला, कठैबरा ?’

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवस बहिस्कार गरेको छ । समाजवादी पार्टीका मन्त्री र नेताहरू संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी भएनन् ।

हुन त प्रदेश दुईको सरकारमा सहभागी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पनि संविधान दिवसको बहिस्कार गरेको छ ।

त्यति मात्रै होइन राजपाको तर्फबाट मन्त्री बनेका जितेन्द्र सोनल स्वयं टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन र धर्नामा बसेका थिए ।

Published : Saturday, 2019 September 21, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया