डेंगीका संक्रमितलाई कांग्रेसद्वारा काठमाडौंमा रक्तदान
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसर पारेर डेंगी रोगबाट संक्रमितहरूलाई सहयोग गर्ने उदेश्यले काठमाडौंमा रक्तदान गरेका छन् ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पताल र यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले रक्तदान गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी, डा.केदार नरसिंह केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौंसहित विभिन्न जिल्लामा डेंगी रोगको संक्रमणबाट बच्न घरको वरपर सरसफाइमा ध्यान दिनुपर्ने जानकारी दिइएको थियो ।
डेंगी रोगका लामखुट्टे सफापानीमा उत्पती हुने भएकाले जमेका पानी फाल्न सुझाव दिइएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया