दाङको पिपरीमा कांग्रेसको जागरण अभियान, संगठन बनाउने प्रतिवद्धता
पिपरी । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत राप्ती गाउँपालिकाको वडा नम्बर ८, पिपरीमा भव्य कार्यक्रम भएको छ ।
नेपाली कांग्रेसले जनतालाई सुनिश्चित पार्दै आफ्ना नेता कार्यकर्तालाई गोलवद्ध बनाउन दोस्रो चरणको जागरण अभियान अन्तर्गत पिपरीमा बिहीबार कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । राट्रियता, लोकतन्त्र र समाजवादको नारासहित नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस दोस्रो राष्ट्रिय जागरण अभियानलाई उत्साहपूर्ण सन्देशदिन देशव्यापी अभियानको थालनी गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि भुवनेश्वर चौधरीले जागरण अभियानले पार्टीलाई संगठन बनाउन ठूलो सहयोग मिल्ने बताए । सहभागीहरूले कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउन सुझाव दिएका छन् ।
दाङ जिल्ला क्षेत्र नम्बर १ ‘क’का सभापति ताराबहादुर डिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ का पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, महासमिति सदस्य नुमानन्द सुवेदी, लालमहोम्मद मियाँ, नारायण बिसी, जिल्ला सदस्य भीमलाल चौधरी, हरि भुसाल, लालमटिया सिसहनिया ईकाई सभापति दुर्याेधन पाण्डे, बेदप्रसाद चौधरी महिला संघ सिसहनियाँका अध्यक्ष जगदम्वाकुमारी चौधरी, ईकाई सल्लाहकार देवनारायण चौधरी, सचिव रेशमबहादुर रावत, कोषाध्यक्ष गोवर्धन रावत, सिसहनियाँ वडा नम्बर १ का संयोजक विद्याशरण चौधरी, ईकाइ सचिव तीर्थराज ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
जागरण अभियान तथा विगत र वर्तमान अवस्थामा नेपाली कांग्रेसको अवस्था, चुनौती र अवसरका वारेमा उपस्थित सहभागीहरूलाई सन्देश, उत्साह र जानकारी दिइएको थियो ।
नेपाली कांग्रेस राप्ती गाउँपालिका तथा क्षेत्र नम्बर १ ले असोज ३ गते दिउँसो र साँझ संविधान दिवसको अवसरमा भालुवाङ लगायत १ नम्बर क्षेत्रमा दीप प्रज्वलनको कार्यक्रम राखेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया