पालुङटारका भूकम्पपीडितलाई भारतको सहयोगमा घर प्रदान
गोरखा । भारत सरकारको आर्थिक सहयोगमा गोरखा जिल्लामा थुप्रै घरहरू निर्माण गरेर भूकम्पपीडितहरूलाई प्रदान गरिएको छ ।
पालुङटार नगरपालिकाका स्थानीयले सुरक्षित घर पाएकोमा खुसी व्यक्त गरेका छन् ।
स्थानीय पार्वती बिकले सुरक्षित घरहरू पाउँदा खुसी भएको बताइन् ।
सानुमाया योगीले पनि भूकम्पबाट भत्किएको घरको ठाउँमा सुरक्षित र मजबुद घर पाउँदा खुसी भएको बताएकी छिन् ।
नेपाल सरकार, भारत सरकार र युएनडीपीको साझेदारीमा गोरखाका भूकम्पपीडितहरूलाई घर बनाउन आर्थिक सहयोग प्रदान गरिदिएको थियो ।
गोरखाका भूकम्पपीडितहरूलाई आर्थिक सहयोगका साथै प्राविधिक सयोग पनि गरिएको बिकले बताएकी छिन् ।
Published : Tuesday, 2019 September 17, 9:05 am
फेसबुकबाट तपाईको प्रतिक्रिया