दार्चुलामा नेकपाका तीन दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

प्रकाशचन्द्र भट्ट

दार्चुला । दार्चुला जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३५ जना स्थानीय नेता र कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्र्तगत दुहुँ गाउँपालिकाको वडा नम्बर ४ धारीमा आइतबार आयोजित कार्यक्रममा उनीहरूले नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा छाडेका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराइएको दार्चुला कांग्रेसका सभापति ललितसिंह बोहाराले जानकारी दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३, ४, र ५ का ३५ जना नेता कार्यकर्ताले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा वडा नम्बर ३ का तत्कालीन एमालेका वडाध्यक्ष दलबहादुर बम, नेता जनकबहादुर बम, चन्द्रसिंह बोहरा, ईन्द्रसिंह बोहरा, वडा नम्बर ५ का धन बहादुर कुँवर (मुखिया), वडा नम्बर ३ का वीरपल जोशीले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

कमला बोहरा, मानबहादुर बम, केशव बम, पवित्रा बम, डब्बलराम लोहार, चन्द्रराम लोहार, दनुराम लोहार, मीना लोहार, बिक्रमबहादुर कुँवर, रमेशसिंह लोथ्याल, रामबहादुर कुँवर र उदमराम लोहार लगायत ३५ जना नेता कार्यकर्ताले नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।

३५ जना नेता कार्यकर्ताले नेकपाको सिद्धान्त मन नपरेका कारण पार्टी परित्याग गरेको प्रतिक्रिया दिएका छन् ।

उनीहरूले नेकपा सरकार अराजकतातर्फ गइरहेको, चुनावका बेला गरेका एउटा पनि बाचा पूरा नगरेको, कामभन्दा भाषण मात्र गर्ने जस्ता थुप्रै आरोप लगाउदै नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको जनाएका छन् ।

उनीहरूलाई राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधि पदमराज जोशी, जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीरबहादुर कार्की, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहरा, दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी, क्षेत्रीय सभापति हर्क विष्ट लगायतले टीका लगाइदिएर नेपाली कांग्रेसमा स्वागत गरेका थिए ।

Published : Tuesday, 2019 September 17, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया