हङकङमा वीपी जयन्ती मनाइँदै, तरुण दलका उपाध्यक्ष सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति हङकङले वीपी जयन्तीका अवसरमा कविता वाचनको कार्यक्रम राखेको छ ।

नेपाली जनसम्पर्क समिति हङकङका सभापति मीन गुरुङका अनुसार १०५औँ वीपी जयन्ती तथा कविता वाचन कार्यक्रम राखिएको हो । कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको छ ।

जोर्डनस्थिति काँगन रेष्टुरेन्टमा ८ सेप्टेम्बर आइतबार दिनको १ बजे कार्यक्रम राखिएको छ । सो कार्यक्रमको प्रमुख अथिति नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चत्तम चापागाइँ रहेका छन् ।

सभापति गुरुङले कार्यक्रममा सहभागी हुन नेपाली जनसम्पर्क समिति हङकङमा अबद्ध सबैलाई आग्रह गरेका छन् ।

नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँ कार्यक्रममा सहभागी हुन हङकङमा छन् ।

Published : Thursday, 2019 September 5, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया