यूएई समाजको उपाध्यक्षमा गिरीको उम्मेदवारी
दुबई । दाङ देउखुरी समाज यूएईका संरक्षक तथा निवर्तमान अध्यक्ष कमल गिरीले नेपाली समाज यूएईको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
गिरीले उपाध्यक्षमा निर्वाचित गराउन सबैमा अपील गरेका छन् ।
एक दशकभन्दा लामो समयदेखि यूएईलाई कर्मथलो बनाइरहेका गिरीले आपत बिपतमा परेका नेपाली श्रमिकहरूलाई साथ र सहयोग गर्दै आएका छन् ।
नेपालमा दाङ जिल्ला घर भएका गिरीले बिभिन्न संघ संस्थासँग हातेमालो गरेका छन् ।
यूएईमा दाङ देउखुरी समाज स्थापना गर्न गिरीको ठूलो भूमिका छ ।
यूएईमा बसोबास गर्ने नेपालीहरूको छाता संगठन ‘नेपाली समाज यूएई’को आसन्न १४औँ अधिवेशन हुँदै छ । अधिवेशनमा गिरीलाई मतदान गर्न दाङ देउखुरी समाजले पनि आग्रह गरेको छ ।
Published : Thursday, 2019 September 5, 9:48 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया