दाङ कांग्रेसको उदाहरणीय निर्णय, केन्द्रमा शीर्ष नेताहरू खुसी

घोराही । नेपाली कांग्रेस दाङले पार्टीको विधान र नयाँ संरचना अनुसार नेतृत्व चयन गरेको छ ।

संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार पार्टीको समायोजन गरेको हो । वरिष्ठताका आधारमा पार्टीमा जिम्मेवारी तोकिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार समायोजन बैठक राखेर नयाँ जिम्मेवारी तोकेको सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन् ।

‘केन्द्रले एउटा मापदण्ड बनाएर निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार दाङ कांग्रेसमा समायोजन गरिएको छ’, उनले भने, ‘विवाद छैन । सबै नेताहरू खुसी हुनुहुन्छ ।’

गुटका कारण नेपाली कांग्रेसको केन्द्रमा विवाद भइरहेका बेला दाङ कांग्रेसले समायोजनलाई सहज रुपमा टुंग्याएको छ ।

क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे चयन भएका छन् । उनी तत्कालीन निर्वाचन क्षेत्र नम्बर १ को सभापति नै थिए ।

क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा ताराबहादुर डिसी र १ ‘ख’ सभापतिमा देवानजंग चौधरीलाई जिम्मा दिइएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा भूपबहादुर डाँगी चयन भएका छन् । उनी तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ को सभापति थिए ।

क्षेत्र नमबर २ ‘क’को सभापतिमा गिरिराज सुवेदी र २ ‘ख’को सभापतिमा कमल गौतमलाई चयन भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिको जिम्मेवारी जगतबहादुर खड्काले पाएका छन् ।

उनी तत्कानीन निर्वाचन क्षेत्र नम्बर ४ को सभापति हुन् । क्षेत्र नम्बर ३ ‘क’को सभापतिमा घनश्याम ढकाल चयन भएका छन् ।

उनी तत्कालीन निर्वाचन क्षेत्र नम्बर ५ को कार्यबाहक सभापति थिए । क्षेत्र नम्बर ३ ‘ख’को सभापतिमा खिमबहादुर वलीलाई चयन गरिएको छ ।

Published : Thursday, 2019 September 5, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया