गाई र कुकुरको ज्यान लिनेहरूविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं । सुर्खेत र खोटाङमा सामूहिक रूपमा भएको गाई र कुकुरको ज्यान लिएको विरूद्ध काठमाडौंमा अधिकारकर्मीहरूले कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा बुधबार पशुपंक्षीका हकअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्ति तथा संस्थाहरूले स्वस्फूर्त रूपमा दोषीलाई कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘जनावरप्रति गरिने निर्दयीताविरूद्ध आवाज उठाऔं’, ‘स्पिक अप फर दोज हु कान्ट स्पिक अप फर देमसेल्भ्स’, ‘हेला होइन माया गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने बहानामा तीन सय बढी गाईगोरू सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको फेला परेको थियो । त्यसमध्ये २४ वटाकाे ज्यान लिएका थिए ।
सो घटनाबारे छानबिन गर्नको लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा मन्त्रालयका उपसचिव सागरमणि पाठकको टोली सुर्खेत पुगिसकेको छ ।
कुकुरको ज्यान लिएकाे आरोपमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरूद्ध उजुरी परेको छ ।
निर्मम तरिकाले कुकुर ज्यान लिएको भन्दै मेयर रिजालसहित नगरपालिकाका तीन कर्मचारीविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो ।
गत शनिबार नगरपालिकाभित्र कुकुरकाे ज्यान लिएको भन्दै भिडिओ भाइरल भएको थियो ।
सडकमा रहेका कुकुरलाई टाउको र खुट्टामा लाठाले हानेर ज्यान लिइएको भन्दै नगरपालिकाविरूद्ध सामाजिक सञ्जालमा पनि विरोध भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया