पूर्वी दाङमा यात्रु बोकेको बस दुर्घटना
घोराही । पूर्वी दाङमा खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
प्यूठान जिल्लाको स्वर्गद्वारीबाट कपिलवस्तु जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गढवा–१, जुरौनीमा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा ४ जना यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा ४५ यात्रु रहेको प्रहरीले जानकारी दिएको छ ।
Published : Monday, 2019 September 2, 8:44 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया