दशैँका लागि अग्रिम टिकट बुकिङ खोलिने

काठमाडौं । यातायात व्यवस्था विभागले दशैँमा टिकट अग्रिम बुकिङका बारेमा छलफल गर्न यातायात व्यवसायीहरूलाई छलफलका लागि बोलाएको छ ।

विभागमा बुधबार छलफल हुनेछ । यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट टिकट अग्रिम बुकिङका लागि प्रस्ताव तयार पारेको छ ।

यातायात व्यवसायीहरूले सहमति जनाए भदौ २५ गतेबाट टिकटका लागि बुकिङ खुल्नेछ ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातको भाडादर बढाउनुपर्ने अडान राख्न सक्ने स्रोतले जनाएको छ । यातायात व्यवसायीहरूले वैज्ञानिक भाडा वृद्धिको माग गर्दै आएका छन् ।

०६९ सालपछि सार्वजकि यातायातमा वैज्ञानिक रुपमा भाडा समायोजन भएको छैन । यातायात व्यवसायीहरूले भाडा समायोजनको माग राख्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला यातायात व्यवसायीका मागहरू पूरा गर्नुपर्ने बताएका छन् ।

Published : Monday, 2019 September 2, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया