नरेन्द्र भाट एनआरएनएको उपाध्यक्षमा उम्मेदावर बन्ने
कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए ) भन्ने वित्तिकै यो एउटा छाता संगठन भन्ने बुझिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरूको आस्थाको धरोहर हो ।
एनआरएनए अहिले विश्वका ८० वटा देशहरूमा रहेको छ । यस संस्थाको नेपालका लागि नेपाली भन्ने मूलमन्त्रका साथ सन् २००३ मा बेलायतबाट सुरुवात भएको हो ।
सन् २००२ बाट कतारमा बस्दै विभिन्न आरोह अवरोह घुम्ति मोडहरूलाई पार गर्दै आफ्नो व्यपार व्यवसायलाई अगाडि बढाउदै नरेन्द्र भाट एनआरएनए कतारमा रहेर विभिन्न तह र तप्काबाट संस्थामा काम गर्दै आएका छन् ।
उनले २००७ – २००९ सम्म कतारको महासचिवको पदमा रहि काम गरेका थिए । उनले अहिले एनआरएनएको आइसीसीमा उपाध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् । उनले आफूलाई सहयोग गर्न अपील पनि गरेका छन् ।
भाटको लगनशील र मेहनतलाई मूल्यंकन गर्दै फेरि २००९– ०११ अध्यक्षको कार्यकालको लागि चुनिएका थिए ।
सफल कार्यकालपछि संस्थाको नीति, नियम र मूल्य मान्यतालाई अंगिकार गर्दै सकृय रुपमा कार्यकाल विताई फेरि २०११–०१३ सम्म संयोजकको रुपमा एनआरएनएमा रहेर मध्यपूर्वको हरेक नेपालीहरूको नजिक रहि साँझा समस्याहरूको सम्वोधन गर्न साथै अधिकारका लागि एकबद्ध भएर अगाडि बढ्न प्रोत्साहन गरेका छन् ।
भाटको कार्य यत्तिमा मात्र सीमित रहेन तत्पश्चात २०१३–०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार साथैै सल्लाहकार भएर पनि संस्थालाई अगाडि बढाउन र सम्पूर्ण एनआरएनहरूको साँझा मुद्धाहरूमा आफ्नो भूमिका निर्वाह गर्दै पुनः सन २०१५–०१७ का लागि आईसीसी उपाध्यक्ष साथै संगठनको सल्लाहकारकै पदमा रहि भूमिका निर्वाह गर्दै संगठनप्रति बफादार भएर सहयोग गरेका थिए ।
उनले आईसीसी उपाध्यक्षको लागि उम्मेदवारी दिने मनसाय रहेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया