गाईको ज्यान लिनेहरूलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करीब दुई दर्जन गाईहरू मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार विज्ञप्ति जारी गरेर गाईको ज्यान लिएको घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
‘गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले संरक्षित गरेको गाईको ज्यान लिनु भनेको जघन्य अपराध हो ।’
‘यस्ता किसिमका घटना हुनु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो’, खाँणले भनेका छन्, ‘गाईकाे ज्यान लिने कार्यप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछ ।’
‘यस घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरीन नदिन नेपाल सरकार एवं सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया