रवि लामिछानेलाई फसाउन अर्को मुद्धा दायर, बिराेधीहरू सलबलाए
महेन्द्रनगर । निर्मला पन्त प्रकरणमा अदालतको मानहानी गरेको भन्दै खड्ग विष्टले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्धा परेको छ ।
शालिकराम पुडासैनी प्रकरणपछि धरौटीमा रिहा भएका लामिछानेलाई जिल्ला अदालत कञ्चनपुरमा मानहानीको आरोपमा मुद्धा दायर भएको हो ।
निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित डिएसपी अंगुर जिसीलाई निर्दोष सावित गर्ने उदेश्यले ‘सिधाकुरा जनतासँग’ कार्यक्रममार्फत रवि लामिछानेले निलम्बित जिसीको अन्तर्वार्ता गरेको आरोप लगाइएको छ ।
अदालतले निर्दोष सावित गरेका कञ्चनपुरका दिलिपसिंह बिष्टलाई दोषी किटान गरी अदालतको मानहानी हुने काम गरेको आरोपमा खड्क बिष्टले उजुरी दिएका हुन् । खड्क दिलिप बिष्टका दाजु हुन् ।
‘सिधा कुरा जनता’सँग कार्यक्रममा मुद्दा चलिरहेकै अवस्थामा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का डिएसपी जिसीको अन्तर्वार्ता गरेर अदालतको मानहानी भएको भन्ने आरोपमा जाहेरी परेको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले बताएका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा भएका कारण आगामी सोमबार उक्त निवेदन न्यायाधीशसमक्ष पेश हुनेछ ।
न्यायाधीशले निवेदनको प्रक्रिया अगाडि बढाउने छन् । ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले निर्मला पन्त प्रकरणामा सतप्रतिशत दोषी दिलिप बिष्ट नै भएको ठोकुवा गरेका थिए ।
रवि लामिछानेले समेत दिलिप विष्टलाई निर्मला पन्त प्रकरणमा संलग्न रहेको भन्दै अपमानित शब्द प्रयोग गरेको उजुरी पत्रमा उल्लेख छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकटका पत्रकार खेम भण्डारीले पनि दुई दिन अगाडि रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका थिए ।
नाताले दिलिप सिंह विष्ट उनै पत्रकार खेम भण्डारीका साला पर्छन् ।
पत्रकार खेम भण्डारी सञ्चारकर्मी रवि लामिछानेका विरुद्ध लाग्दै आएको लामिछानेका समर्थकहरूको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया