सरकारले एनसेलको कर मिनाहा गरेर राष्ट्रघात गरेको छः नेविसंघका नेता थापा
काठमाडौं । नेपाल विद्यार्थी निवर्तमान केन्द्रीय सदस्य मनीषजंग थापाले कम्युनिस्ट सरकारले एनसेलको कर मिनाहा गरेर ठूलो राष्ट्रघात गरेको बताएका छन् ।
दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ०७४ साल मै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एनसेलले ६८ अर्ब कर तिर्नुपर्ने भनी निर्णय गरेको थियो ।
नेता थापाले अहिलेको सरकारले शक्ति र सत्ताको आडमा एनसेलको कर मिनाहा गरेर दलाल र भ्रष्टाचारीलाई बचाउने काम गरिरहेको बताए ।
‘सबैतिरबाट असफल भैसकेको सरकार अब एनसेलबाट चुनावमा लिएको खर्चको गुन तिर्न तल्लीन छ’, उनले भने, ‘यसरी नै यो सरकारले बिगतका सरकारका राम्रा निर्णयहरूलाई खारेज गर्दै जाने हो भने आन्दोलन गर्नुको बिकल्प छैन ।’
उनले सरकार राष्ट्रघातिको रुपमा परिचित भैरहेको बताए । सरकारका कारणले नेपाली जनताले ज्यानको बाजी लगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र नै गुम्ने खतरामा रहेको थापाले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया