कम्युनिस्टहरूसँग रिसाए देउवा, दुईतिहाइले देशमाथि खतरा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई कम्युनिष्ट राज्य बनाउने खतरा सरकारबाटै रहेको बताएका छन् ।

ललितपुरमा नेपाल प्रेस युनियनले बुधवार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले दुईतिहाइको कम्युनिस्ट सरकारले मुलुकलाई नै कम्युनिष्ट स्टेट बनाउन लागको बताए ।

‘सबै सजक हुने बेला आएको छ’, उनले भने, ‘सरकारले सबै क्षेत्र कब्जा गर्न खोजेको छ । यो कार्य कांग्रेसलाई सैह्य छैन ।’

सभपाति देउवाले बिधिको शासन स्थापित गर्न नेपाली कांग्रेस सधै गम्भीर भएर लाग्ने बताए ।

‘वाक तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, विधिको शासनमा पनि हमला हुन थालेको छ’, देउवाले भने, ‘त्यसतर्फ सञ्चारकर्मीहरू सजग रहनुपर्छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले लोकतन्त्रलाई कसैले कमजोर पार्दैमा कमजोर नहुने बताएका छन् । उनले आवश्यक प¥यो भने कांग्रेस सडक आन्दोलनका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

Published : Wednesday, 2019 August 28, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया