कान्तिपुर दैनिकमा उथलपुथल, वाग्लेलाई हटाइयो, शर्मा भित्रिए
काठमाडौं । कैलास सिरोहिया मालिक रहेको कान्तिपुर दैनिकको प्रधान सम्पादकबाट नारायण वाग्लेले राजीनामा दिएका छन् ।
वाग्लेले राजीनामा दिएपछि सोमबारदेखि लागू हुने गरी सुधिर शर्मालाई नयाँ सम्पादकमा नियुक्त गरिएको छ ।
आन्तरिक द्वन्द्व पत्रकार र कर्मचारीबीच गुटको राजनीतिले गर्दा कान्तिपुर दैनिकको स्तर दिन प्रतिदिन खस्कदै गएको थियो ।
देशै एक नम्बर दैनिक पत्रिका दाबी गर्ने कान्तिपुर दैनिकका मालिक सिरोहियाले पुनः वाग्लेलाई हटाएर शर्मालाई भित्र्याएसँगै समाचारको गुणस्तर बढ्नेमा धेरैले अपेक्षा लिएका छन् ।
गत वर्ष शर्मालाई हटाएर सिरोहियाले वाग्लेलाई कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारी दिएका थिए ।
कान्तिपुर दैनिकमा १४ वर्षअघि वाग्लेलाई नै विस्थापित गरेर शर्माले प्रधान सम्पादकको जिम्मेवारी पाएका थिए ।
गत वर्ष कान्तिपुर मिडिया ग्रुपमा बिजनेस डाइरेक्टरका रुपमा भारत नागरिक रजनीश ऋखिलाई नियुक्त गरिएको थियो । ऋखिले टाइम्स अफ इन्डियामा प्रमुख भूमिकामा जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन् । ऋखिले पनि कान्तिपुर दैनिकलाई छाडेका छन् ।
ऋखि आएपछि कान्तिपुर दैनिकबाट शर्मा र काठमाण्डु पोस्टबाट अखिलेश उपाध्यायले प्रधान सम्पादकबाट राजीनामा दिएका थिए ।
कर्पोरेट र बिजनेश नेतृत्वमा भारतीय नागरिक ऋखि आएपछि शर्मा र उपाध्यायले कान्तिपुर दैनिकले राष्ट्रिय हितमा सम्झौता गरेको भन्दै राजीनामा दिएका थिए ।
उपाध्यायले काठमाण्डु पोस्ट छाडेपछि उनको ठाउँमा प्रधान सम्पादक बनेर अनुप काफ्ले आएका थिए ।
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार र कर्मचारीहरूमा पलाएको घमण्डले गर्दा पनि यो दैनिक पत्रिकालाई क्रमशः विज्ञापनहरू घट्दै गएको चर्चा थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया