ललितपुर कांग्रेसका सभापति स्वदेश फिर्ता
काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति मदनबहादुर अमात्य एक महिना अमेरिका बसाइपछि सोमबार स्वदेश फर्किएका छन् ।
अमात्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ललितपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।
ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, गोदावरी नगरपालिका वडा नम्बर ७ अध्यक्ष गिरीप्रसाद तिमल्सिना, कांग्रेस नेता प्रकाशनन्द जोशी, महासमिति सदस्य तथा युवा नेता मीनकृष्ण महर्जन, कोषाध्यक्ष कर्म बेञ्जनकार, जिल्ला सदस्य नवराज महत, महेन्द्रदेब सिंह, नेपाल तरुण दल ललितपुरका सभापति शिवराम महर्जन, तरुण दल क्षेत्र नम्बर २ का सभापति नवीन्द्रदेब सिंह, ललितपुर क्षेत्र नं. ३ का सभापति सुन्दर महर्जन, नेपाल विद्यार्थी संघ ललितपुरका उपाध्यक्ष दिनेश घोरासैनी लगायत स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।
सभापति अमात्य निजी भ्रमणका लागि अमेरिका गएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया