रविलाई यस कारण अदालतले न्याय दिन्छ, हामी विश्वस्त छाैँः हरिशरण लामिछाने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेका दाजु हरिशरण लामिछानेले आफ्नो भाईलाई अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै हरिशरणले अदालतले रविलाई न्याया दिने दाबी गरेका हुन् । उनले आफूहरूले रविको पक्षमा नारावाजी गनुपर्छ भनेर हुलहुज्जत वा समर्थकहरू जम्मा नगरेको बताएका छन् ।

उनले रविको पक्षमा स्वतस्र्फूत सडकमा आएका समर्थकहरूको आफ्नो अधिकारको कुरा रहेको बताए । हरिशरणले प्रदर्शन नगर वा सडकमा नआउ भनेर कसरी भन्न सकिन्छ ? भन्दै प्रश्न गरेका छन् ।

रविको परिवारले यो प्रकरणमा दोषीभन्दै किटानी जाहेरी दिन खोजेका नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको अन्तर्वार्ता प्रशारण भएको भोलिपल्टै रविका दाई हरिशरणको सोही कार्यक्रममा आएका छन् ।

हरिशरणलाई तपाई रविजीको नामबाट चिनिन चाहन्छु कि तपाईको आफ्नै पहिचान छ हाम्रो देश नेपालमा ? भनेर प्रश्न गरेका छन् ।

जवाफमा हरिशरण लामिछानेले भने, ‘पहिचान त फरक–फरक नै होला । अब दाजुभाई हो । यो पारिवारिक कुरा हो । रविको विज्नेशका बारेमा आफूलाई कुनै जानकारी छैन ।’

आफूलाई हरिशरण र रविको दाजु दुवै किसिमले आम मानिसले चिन्ने गरेको पनि उनले स्पष्ट पारेका छन् ।

हरिशरणले भनेका छन्, ‘उहाँहरूले एक्ससेप्ट गर्नुभएन, विद्याको हिसाबले रविलाई टेलिभिजनको सेटमा देखिरहेको, अब कतिपय मान्छेले ए होइन पो कि पनि भने । त्यो अब स्वभाविक छ ।’

हरिशरणले आफू रविको पक्षमा उभिनु नैतिक दायित्व भएको बताएका छन् । ‘आफ्नो भाई कुनै किसिमको मुद्दा, मामिलामा फसिसकेपछि, त्यो हेर्नु एउटा अभिभावकको कर्तव्य हो’, उनले भने ।

उनले रविलाई फसेको भन्दापनि विषयलाई गम्भीर बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

उनले शालिकराम पुडासैनी प्रकरण पनि गम्भीर भएको बताएका छन् । ‘जुन प्रकृतिबाट मुद्दा अघि बढाउन खोजियो, त्यो पनि गम्भीर हो’, हरिशरणले भनेका छन् ।

उनले यो प्रकरणमा रविको कुनै हात नरहेको जिकिर गरेका छन् । उनले यसमा रविको हात छ भनेर जबरजस्ती गर्न खोजिरहेको पनि दाबी गरेका छन् ।

‘शालिकरामले रविको संलग्नताको कुरा गरेका छन्, उसले रविको राम्रो पनि कुरा गरेका छन्’, उनले भने, ‘नराम्रो पनि कुरा ग¥या छ । नाम उसको मुछियो । आरोप लाग्यो उसलाई ।’

‘तर, अहिलेपनि अनुसन्धान भैरहेको छ । जुन भिडियो बाहिर निस्कियो, उसले रेकर्ड गरेको एउटा अंश मात्रै बाहिर आएको छ’, हरिशरणले भनेका छन्, ‘लिक भएको छ । उसले चार बजेदेखि ६ बजेको अवधिमा, हामी अहिले आएको १३ मिनेटेको भनिएको भिडियोलाई मान्दैनौं ।’

अनुसन्धानको दौरानमा विभिन्न मानिसहरू संलग्न रहेको बताउँदै हरिशरणले आफ्ना सूत्रले बताएअनुसार शालिकरामले झण्डै दुई घण्टाको अवधिसम्म भिडियो रेकर्ड गराएको बताएका छन् ।

‘त्यो रुममा बसेर उसले पटक–पटक गरेर भिडियो बनाएको छ’, उनले भने, ‘अहिले बाहिर सार्वजनिक भएको भिडियो त त्यसको एउटा पोर्सनमात्रै हो ।’

बाहिर आएको १३ मिनेटको भिडियो त एउटा भागमात्रै भएको उनको दाबी छ । ‘उसले आरोप लगाउँदा नाम लियो । रविले अहिले मलाई लखेट्दै गएर चितवन लगेर, त्यहाँ रुममा लगेर देहत्याग बाध्य बनायो त भन्या छैन नि’, उनले भने, ‘कुनै सन्दर्भमा उसले रविको नाम लियो । होइन, उसले अरुको पनि नाम लिएको छ ।’

शालिकरामले भिडियोमा रविको नाम लिएकोले संलग्नता देखिएपनि पुष्टि हुनुपर्ने उनले बताए ।

‘त्यो एउटा आधार हुनसक्छ, तर प्रमाण हुन सक्दैन् । सँगै काम गर्दा मनमुटाव भयो होला’, उनले भने, ‘त्यो त एउटा स्वभाविक प्रक्रिया हो ।’

रविसँग लिइएको बयान र रविसँगै थुनिएका अन्य दुई जनाको पनि बयान लिने काम भएको उनले बताएका छन् ।

यो प्रकरणमा रविको खासै संलग्नता नदेखिएको कुरा आफूहरूको प्रारम्भीक जानकारीमा आइसकेको पनि हरिशरणको दाबी छ ।

देशमा न्याय नमरेको उनको विश्वास छ । ‘देशका न्यायमूर्तिहरूले भोलि भन्नुहुन्छ की रवि क्लिन छ कि छैन भनेर, म त पूर्ण विश्वस्त छु, भोलि फूलमाला लगाएर मेरो भाई निस्किन्छ’, उनले भने ।

उनले आफूहरूले अदालतलाई दबाब नदिएको स्पष्ट पारेका छन् । ‘होइन, विश्वसनीय वातावरण किन बनेन ? त्यो प्रतिप्रश्न गरौं न हामी । म जुलुशमा गइन्’, हरिशरणले भनेका छन्, ‘मैले एकचोटी अदालत परिसरबाट बाहिर निस्किँदा दुई पटक मैले आफ्ना सार्वजनिक कराहरू राखेको हो । जुलुक स्वतस्र्फूत गएको छ । त्यसमा मेरो व्यक्तिगत संलग्नता छैन् ।’

आफूहरू विधिको शासन र कानूनी राज्यको पक्षमा रहेको उनले बताए । रविले सुरुवातमै यो प्रकरणमा प्रहरी प्रशासनलाई अनुसन्धानको लागि आफ्नो पूर्ण साथ र सहयोग रहन्छ भनेर बोलेको पनि हरिशरणले उल्लेख गरेका छन् ।

‘रविले त एडभान्समै भनेको थियो कि यो धरपकड गर्नै पर्दैन, कहिले बोलाउनुहुन्छ म त्यही दिन आउँछु भनेको थियो’, उनले भने, ‘मानिसहरू पनि जुलुशमा किन आएका छन् ? भन्ने कुरा यसमै केन्द्रित छ ।’

‘रविलाई दोषी वा निर्दोष कवुल गर्ने कुरा त एउटा प्रक्रियामा गैसक्यो । उसको अनुसन्धान भैरहेको छ’, उनले भने ।

हरिशरणले भीडतन्त्रले सचेत गराउनसक्ने पनि औंल्याएका छन् । ‘आम मान्छेले के भनेका छन् भने यो सबै रविलाई फसाउने प्रपञ्चभित्रको हो भन्ने कुरा चाहीँ उहाँहरूको मनमा परेको छ’, उनले भनेका छन् ।

‘यो प्रकरणमा अनुसन्धान कतातिर केन्द्रित छ ? यसबाट आफूहरूलाई आशंका पैदा भएको छ’, हरिशरणले भनेका छन्, ‘अनुसन्धान कता केन्द्रित हुनुपर्छ भन्नेबारे हामी चाहना त राख्न सक्छौं, तर अदालतलाई हामी प्रभाव गर्न सक्दैनौं ।’

Published : Friday, 2019 August 23, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया