देउवाको गृहजिल्लामा नेपाल महिला संघका नेतृहरूलाई कुटपिट
काठमाडौं । नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले डडेल्धुरा जिल्लामा महिला संघका नेतृहरूमाथि कुटपिट र हातपात भएको भन्दै दोषीहरूलाई कारबाहीको माग गरेको छ ।
महिला संघकी अध्यक्ष उमा रेग्मीले बुधबार विज्ञप्ति जारी गरेर डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लका स्कीय सचिव नै महिला नेतृहरूलाई कुटपिटको घटनामा संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी छिन् ।
‘नेपाल महिला संघले जिल्ला कार्यसमिति डडेल्धुराबाट ०७६ साल साउन ८ गते पठाइएको पत्रअनुसार नेपाल महिला संघ तदर्थ जिल्ला कार्यसमिति डडेल्धुराको बैठक साउन ७ गते नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा गएर बैठक बसिरहँदाको अवस्थामा पार्टी सभापति कर्णबहादुर मल्लकै स्वकीय सचिव र कार्यालय सचिव रामबहादुर विष्ट, उपसभापति करुणाकरण भट्ट, सदस्य गोकुल शाही, सन्तोष देउवा, विद्यार्थी नेता नरेन्द्र मल्ल, भरत नेपाली लगायतका व्यक्तिले महिला संघका साथीहरूमाथि हातपात गरी अपशब्द बोली, कुटपिट गरेर कलावतीदेवी बोहरा, बसन्त भण्डारीसहितका नेतृलाई सख्त घाइते तुल्याएको घटनाले नेपाल महिला संघको गम्भीर ध्यानाकषर्ण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘यस्ता महिलाको अस्मितामाथि नै प्रहार गर्ने र बर्बर आक्रमण गर्ने व्यक्तिहरूलाई नोली कांग्रेस केन्द्रीय कार्यसमिति यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न माग गर्दछ’, महिला संघकी अध्यक्ष रेग्मीले भनेकी छिन् ।
डडेल्धुरा जिल्ला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो । यो जिल्लामा सभापति देउवा अल्पमतमा छन् । नेपाली कांग्रेस डडेल्धुराका सभापति मल्ल देउवा समर्थक होइनन् ।
जिल्लामा सभापति देउवा र असन्तुष्ट समूहबीच विवाद छ । सोही विवादका बीच नेपाली कांग्रेस डडेल्धुराका सभपाति मल्ल निकटका नेताहरूले देउवा समूहका महिला नेतृहरूलाई कुटपिट गरेर लखेटेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया