२.० कांग्रेसको बैठकमा महामन्त्रीमा हारेका पुन सहभागी, धामाका सम्बोधन
काठमाडौं । गगन थापाको २.० कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पदमा पराजित भएका अमरसिंह पुन सहभागी भएका छन् ।
बिहीबार बसेको २.० कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लुम्बिनी कांग्रेसका सभापतिको हैसितका रुपमा पुन सहभागी भएका हुन् । बैठकमा पुनले बोलेका छन् । कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा पुन लुम्बिनी कांग्रेसको सभापति अर्थात् पदेन सदस्यका रुपमा सहभागी भएको उल्लेख छ ।
गगन थापाको २.० कांग्रेसको दुई महिना काठमाडौंमा सम्पन्न महाधिवेशनमा उम्मेदवार बनेकाहरूलाई आफ्नो पद त्याग गर्नुपर्ने थियो । केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिएर विजयी भएका वा पराजित भएमा तल्लो तहको पदमा उम्मेदवार बन्न नपाउने भनिएको थियो । केन्द्रमा उम्मेदवार बनेर पराजित हुँदा पनि पद स्वतः जाने भनिएको थियो ।
२.० कांग्रेसको निर्णयलाई पुनले औकात देखाइदिएका छन् । गगन थापासँग निकट मानिने पुन लुम्बिनी कांग्रेसको सभापति अर्थात् पदेन केन्द्रीय सदस्यको रुपमा सहभागी भएर सबैलाई चकित तुल्याइदिएका छन् ।
पुनसँग राजनीतिक संस्कार र नैतिक आचरण थियो भने महामन्त्री पदमा लज्जास्पद पराजय भएपछि लुम्बिनी कांग्रेसको कार्यबाहक जिम्मेवारी पहिलो वरीयताको उपसभापतिलाई दिनुपर्ने थियो । पुनले कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छैनन् । महामन्त्री पदमा पराजित हुँदा समेत गगन थापालाई नटेरेर आफै सभापतिको हैसियतमा गतिविधि गरिरहेका छन् ।
हुन त गगन थापाले दूरी बढाएका छन् । पुनका हर्कत् र गतिविधिबाट दिक्क भएका गगनले पुनलाई तथाकथित विशेष महाधिवेशनमा प्रयोग गरेका थिए । प्रयोग भएका पुनलाई गगनले नै महामन्त्री पदमा हराइदिएका थिए ।
पुनले गगन र विश्वप्रकाश शर्मालाई गालीगलौज गर्दै आएका छन् । २.० कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पनि पुनले गालीगलौज गर्ने गरेको एक नेताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया