रास्वपा नेता सिंहले गगनलाई भने– १८ सिटे पार्टीलाई हत्याउन १८ करोड बुझाएका सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापाप्रति लक्षित अभिव्यक्ति दिँदै १८ सिटको नेपाली कांग्रेसलाई हत्याउन १८ करोड बुझाएको भनेर आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् रास्वपाका नेता सिंहले गगन थापा र केपी शर्मा ओलीको नाम उल्लेख नगरी सांकेतिक रुपमा गगनलाई तर्सिन्न भन्ने १८ करोडका सभापतिले मुखै हेर्दिन भन्नेको घर किन चाहर्दै हिँडेको भनेर प्रश्न उठाएका छन् ।

‘१८ सिटे पार्टीलाई हत्याउन १८ करोड बुझाएका सभापति भन्छन् तर्सिन्न । फेरि मुखै हेर्दिनको घर चहार्दै किन हिडेको ?,’ प्रश्न गर्दै रास्वपाका नेता सिंहले प्रश्न गरेका छन् ।

तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाले पार्टीको आधिकारिता पाउन बिचौलिया इनम सापकोटामार्फत् सर्वोच्च अदालतका न्यायाधीशहरूसँग १८ करोडको कथित डिल गरेको भन्ने अडियो र समाचारहरू प्रकाशित भएपछि बबण्डर भएको छ ।

गगन थापाले मंगलबार राति भक्तपुरको गुण्डुस्थित निवासमै पुगेर केपी शर्मा ओलीसँग भेट गरेर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको झण्डै दुईतिहाइको सरकारविरुद्ध मोर्चाबन्दी गरेर सडक आन्दोलनको प्रस्ताव गरेका थिए ।

Published : Wednesday, 2026 November 4, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया