नेविसंघको अध्यक्षमा श्रृजना मल्ल मनोनीत, ६ महिनामा अधिवेशन गर्ने म्याण्डेट
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनयन गरिएको छ ।
नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनयन गरेक हुन् ।
पत्रमा भएिनको छ, ‘तपाईलाई नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयानुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा मनोनयन गरिएको छ ।’
‘अध्यक्षको रुपमा नेपाली कांग्रेसको स्थापित मूल्यमान्यताको आत्मसात गरी आगामी ६ महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउनु हुनेछ,’ संयोजक प्रा.डा.कोइरालाले भनेका छन् ।
नेविसंघको अध्यक्षमा मनोनयन भएकी मल्ल पर्वत जिल्ला निवासी हुन् । उनी नेविसंघको राजनीतिमा सक्रिय छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया