विचौलिया इनमको गगनसंग कनेक्सन, सापकोटा-उमेश कै सेटिङमा कांग्रेसको आधिकारिता हत्याएको आशंका
काठमाडौं । शक्ति केन्द्र र न्यायलयका विचौलिया इनम सापकोटासंग तथाकथित विषेश महाधिवेशनबाट नेपाली कांग्रेसलाई विभाजन गरेर सभापति भएका गगन थापाको कनेक्सन देखिएको छ ।
तथाकथित विषेश महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका गगन थापाले कोषाध्यक्ष बनाएका उमेश श्रेष्ठका बीच पटक पटकको फोन सम्पर्कले सापकोटासंग गगन कांग्रेस र विचौलिया सापकोटाको कनेक्सन पुष्टि गरेको छ । सापकोटा र गगनको कनेक्सनकै कारण सभापति शेरबहादुर देउवा निकट रहेका उमेश श्रेष्ठ गगनको पक्षमा खुलेको बताइएको छ ।
उच्च स्रोतका अनुसार गगन, सापकोटा र श्रेष्ठका बीचमा विषेश महाधिवेशन अगावै भेट भएको थियो । नेपाली कांग्रेसको महाधिवेशनको तीन दिन अगाडि हिमालयन होटलका दुईवटा कोठा समेत बुक भएको तथ्य बाहिर बाहिर आएपछि गगन, सापकोटा र श्रेष्ठको भेटका लागि ती कोठा बुक भएको आशंका गरिएको छ ।
सापकोटा कांग्रेस नेता श्रेष्ठको लिटिल एन्जलस स्कूल पढेका हुन् । उच्च स्रोतका अनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठलाई गगनको पक्षमा खुल्न सापकोटाले नै मनाएका थिए ।
विशेष महाधिवेशनजस्तो संवेदनशील राजनीतिक घटनाक्रमको पूर्वसन्ध्यामा भएको होटल बुकिङ गरिनु, सभापति देउवा निकट रहेको उमेश श्रेष्ठ एकाएक गगनको पक्षमा खुल्नु र विचौलिया सापकोटासंग पटक पटक श्रेष्ठको फोन सम्पर्क हुनुले गगनको पक्षमा कांग्रेसको आधिकारीकता दिने विषय समेत जोडिएको आशंका गर्न थालिएको छ ।
अदालतका शक्तिशाली विचौलियासंगको कनेक्सन रहेका उमेश श्रेष्ठ विषेश महाधिवेशनको मुखमा देउवालाई छोडेर गगनको पक्षमा खुलेबाट अदालतमा पनि सेटिङ गरेर आधिकारिकता आफ्नो पक्षमा पारेका पुष्टि आशंका कांग्रेस बृतमा हुन थालेको छ ।
हिमालयन होटलको सीसीटीभी फुटेज हेर्न कांग्रेसकै नेता तथा कार्यकर्ताले माग गर्न थालेको विषयले घटनालाई थप गम्भीर बनाएको छ । होटलको प्रवेशद्वार, लबी, आवतजावत गर्ने स्थान तथा उपलब्ध अन्य सीसीटीभी रेकर्डले तीन दिनको अवधिमा को–को होटल पुगेका थिए भन्ने तथ्य खुलाउन सक्ने भन्दै त्यो सिसिटिभीको फुटेज सार्वजानिक गर्न आवश्यक छ । यी प्रश्नको जवाफ अनुमान, राजनीतिक बचाउ वा आरोप–प्रत्यारोपबाट होइन, प्रमाण र निष्पक्ष अनुसन्धानबाट आउनुपर्छ । सत्ता, पहुँच र राजनीतिक सम्बन्धभन्दा माथि कानुन छभन्ने प्रमाणित गर्ने जिम्मेवारी अब अनुसन्धान गर्ने निकायको काँधमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया