बदलिएको २.० कांग्रेसमा पूर्वप्रेमिकालाई जिताएर ल्याएपछि बबण्डर, युवा नेतृ अधिकारीले उठाइन् प्रश्न

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ शोभा अधिकारीले पार्टीमा पूर्वप्रेमिकालाई निर्वाचित गरेर ल्याएको भन्दै नेतृत्वको आलोचना गरेकी छिन् ।

कांग्रेस नेतृ अधिकारीले गगन थापा नेतृत्वको बदलिएको २.० कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा महिला खसआर्यतर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनेकी थिइन् । उनी पराजित भएकी छिन् ।

नेत अधिकारीले गगन थापा लगायत कुनै पनि नेताको नाम उल्लेख गरेकी छैनिन् । उनले संकेत गरेको विषय कांग्रेसमा सूर्य जस्तै छर्लङ्ग छ । यो विषयमा ९० प्रतिशत कांग्रेसीलाई थाहा छ ।

तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफ्ना पूर्वप्रेमिकालाई केन्द्रीय कार्यसमितिमा टिममा राखेर निर्वाचित गराएर ल्याएको भन्दै युवा नेतृ अधिकारीले आलोचना गरेकी छिन् । गगन थापाले परिवर्तनका नाममा गरेका सार्वजनिक अभिव्यक्तिका विषयमा पनि नाम उल्लेख नगरेर गम्भीर प्रश्नहरू उठाएकी छिन् ।

कविता शैलीमा सामाजिक सञ्जालमा नेतृ अधिकारीले लेखेकी छिन्, ‘पूर्वप्रेमिका ल्यायौं । हिजो मञ्चमा उभिएर ठूलो स्वरमा भन्थ्यौ, आफन्त ल्याए, प्रेमिका ल्याए, नातावाद चलाए ! अरूका नेतृत्वमाथि औँला ठड्याउँदै आदर्श र नैतिकताको पाठ पढाउँथ्यौ । तर, आज आफ्नै हातमा नेतृत्व आयो, आफ्नै निर्णय चल्ने ठाउँमा पुग्यौं ।’

‘हिजो अरूलाई आरोप लगाउने तिमीले, आज चिर्कटो बककाडेर आफ्नै पूर्वप्रेमिका ल्यायौ ! आसेपासे ल्यायौ, आफ्नै गुटले पाटी सजायौ,’ नेतृ अधिकारीले लेखेकी छिन्, ‘हिजो विरोध गरेको बाटो आफैँ अपनायौ । अरूले गर्दा विकृति, आफूले गर्दा विवेक ?’

‘अरूले गर्दा नातावाद, आफूले गर्दा विशेष हक ? हिजो अरूको सम्बन्धमा प्रश्न उठाउने तिमी, आज आफ्नै निर्णयको जवाफ कसरी दिन्छौं ?,’ प्रश्न गर्दै उनले भनेकी छिन्, ‘अरूले आफन्त ल्याउँदा गलत देख्ने आँखाले, सेटिंगमा आफ्ना ल्याउँदा सही कसरी देख्छौ ? कुर्सी फेरियो भन्दैमा सिद्धान्त फेरिन्छ र ?’

‘नेतृत्व पायौ भन्दैमा नैतिकता हराउँछ र ? हिजो जुन प्रवृत्तिविरुद्ध तिमी गर्जिएका थियौ, आज त्यही प्रवृत्तिको सारथि कसरी बन्यौ ?,’ युवा नेतृ अधिकारीले लेखेकी छिन् ।

‘याद राख, नेता हुनु र आदर्श हुनु फरक कुरा हो, भाषण दिनु र व्यवहारमा उत्रनु गाह्रो कुरा हो,’ उनले चेतावनी शैलीमा लेखेकी छिन्, ‘अरूको गल्ती देखाउने औँला उठाउनुअघि आफ्नै चरित्रको ऐना हेर्नु ठूलो कुरा हो ।’

युवा नेतृ अधिकारीले लेखेकी छिन्, ‘हिजो अरूको कर्म नैतिकताको तराजुमा जोख्नेले, आफ्नै पालोमा पुरानो नीतिको घुम्टो ओड्ने रहेछ ।’

‘स्वार्थको कर्ममा असली चरित्र देखिने मात्र होइन, पदको मोहमा विवेक र सिद्धान्त नै बिक्ने रहेछ,’ नेतृ अधिकारीले भनेकी छिन् ।

‘नेतृत्व पदले होइन, चरित्रले ठूलो हुन्छ, सद्धान्त बोलीले होइन, व्यवहारले प्रमाणित हुन्छ,’ नेतृ अधिकारीले भनेकी छिन्, ‘इतिहासले भाषणका शब्द मात्र सम्झँदैन, हिजो के भन्यौ र आज के गर्‍यौं । त्यसको हिसाब पनि जनताले अवश्य राख्छ !’

‘हिजो अरूका आफन्त गन्दा क्रान्तिकारी भयौ, आज सारथीलाई धोका दिइ आदर्शको कुरा गरेउ ? अझै बुथ र मत कब्जा गरी पूर्वप्रेमिका ल्याइ,’ उनले भनेकी छिन्, ‘अचम्मको कुरा कुन नैतिकताको विजय मनायौं ?’

Published : Tuesday, 2026 October 27, 8:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया