विमानस्थलमा विवादास्पद व्यापारी श्रेष्ठको गुणस्तरहीन एकलौटी धन्दा, बालेन आउ यात्रुलाई बचाउ
काठमाडौं । झण्डै २० वर्षदेखि एकलौटी रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टी, कफी एण्ड कन्फेक्सनरी शप’ले यात्रुहरूलाई दोहन गर्दा समेत सरोकारवाला निकायको ध्यान जानै सकेको छैन ।
यो विषयमा यात्रुहरूको गुनासो र सुझावअनुसार सञ्चारमाध्यमहरूले पटक पटक समाचार प्रकाशित गरिसकेका छन् । तर, यो कफी शपलाई कसैले पनि हल्लाउन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सम्पन्न गरेर जहाजमा चढ्नका लागि वेटिङ कक्षमा रहेको एकमात्र कफी शपले लुट धन्दा चलाउँदा समेत नेपाल नागरिक उड्डयन प्राधिकरण मौन बसेको छ ।
कफी शपमा रहेका सामग्रीहरूको मूल्य निकै महँगो छ । महँगोमा सामान खरिद गर्दा समेत गुणस्तरीय सामग्री नपाएको यात्रुहरूको गुनासो छ ।
कफी शपमा चिनीको भाँडो राखिएको छ । त्यो पनि निकै अस्तव्यस्त रहेको भिडियोमा देखिएको छ । यात्रुलाई गुणस्तरीय र सफा सेवा दिनुपर्ने दायित्वको व्यवसायीको हो । व्यवसायीहरूलाई कमाउनभन्दा अर्को ध्यान पटक्कै छैन ।
श्रेष्ठको धन्दालाई कानूनअनुसार हटाउन सकिदैन भने प्राधिकरणले अर्को पसल खोल्न अनुमति दिनुपर्ने माग पनि उठेको छ । तर, श्रेष्ठले प्राधिकरणका कर्मचारीहरूलाई अर्को पसल पनि खोल्न दिँदै दिँदैनन् ।
विमानस्थलभित्र झण्डै २० वर्षदेखि विवादास्पद व्यवासयी सुवास श्रेष्ठले ठेक्का लिएर चलाउँदै आएका छन् । श्रेष्ठलाई हटाउनका लागि बेलाबेला आवाज उठे पनि सर्वोच्च अदालतमा मुद्दा हालेर अन्तिरिम आदेशको भरमा कफी शप चलाइरहेका छन् ।
डलर तस्करी काण्डमा पक्राउ परेर छुटेका विवादास्पद व्यवसायी श्रेष्ठका विषयमा झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले समेत चलाउन सकिरहेको छैन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले धेरै स्थानमा सुधार गरिसकेका छन् । तर, विमानस्थलभित्रै रहेको विवादास्पद व्यवसायी श्रेष्ठको सिण्डिकेटलाई भने भत्काउन सकिरहेका छैनन् । श्रेष्ठलाई कसले साथ दिएर झण्डै २० वर्षदेखि बचाएर राखेको छ ? गम्भीर प्रश्न उठेको छ ।
विमानस्थलबाट श्रेष्ठलाई प्रहरीले २०७५ चैत २२ गते पौने २ बजे ठूलो परिमाणको अबैध विदेशी मुद्रासहित गिरफ्तार गरेको थियो । विमानस्थलभित्र आउजाउ गर्न श्रेष्ठलाई विशेष पासको व्यवस्था छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया