अम्बे स्टिल कम्पनीमा आगलागी
नेपालगञ्ज । बाँके जिल्लास्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी भएको छ ।
बुधबार राति जानकी गाउँपालिका–५ बकसपुरस्थित कम्पनीमा आगलागी हुँदा करीब १ करोड ५६ लाख रूपियाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जानकी गाउँपालिका–६ कपासी बस्ने साबिर खान समेत ८ जनाको घरमा बुधबार दिउँसो आगलागी हुँदा करीब २२ लाख ५१ हजार रूपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उता, झापाको अर्जुनधारा नगरपालिका–१ खैरेनी बस्ने चन्द्र चौलागाईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको नगद, सुनचाँदी लगायतका सरसामान जलेर करिब १५ लाख २० हजार रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
यता, दोलखाको कालिञ्चोक गाउँपालिका–९ बस्नेत गाउँ बस्ने नेत्रप्रसाद प्रसाईको घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १६ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
उता, सर्लाहीको बागमती नगरपालिका–३ तिनघरे टोल बस्ने ५० वर्षीय रामबिश्वाश यादवको गोठ घरमा बुधबार राति आगलागी हुँदा करीब १ लाख ६९ हजार रूपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया