प्रहरीद्वारा संचालित निःशुल्क बस सेवाबाट १४ सय लाभान्वित

काठमाडौं । नेपाल प्रहरीले बडा दशैंको अवसरमा काठमाडौं उपत्यकामा संचालन गरेको निःशुल्क बस सेवाबाट कुल १ हजार ४०६ जना सर्वसाधारणहरू लाभान्वित भएका छन् ।

जसमध्ये कात्तिक ३ गते ५ सय १० जना र कात्तिक ४ गते ८ सय ९६ जना निःशुल्क बस सेवाबाट लाभान्वित भएका हुन् । उनीहरू मध्ये ६ सय ६९ जना पुरूष र ७ सय ३७ जना महिला रहेका छन् ।

आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीन रूटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

Published : Thursday, 2026 October 22, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया